ए झरी नझरी देऊ यसरी..२
एकान्त यो रातमा मलाई पागल गरी
झरी देऊ तिमी सुश्तरी सुश्तरी
जब हुन्छिन् मेरी मायालु मेरो वरिपरि
ए झरी नझरी देऊ यसरी
ए मेघ नगर्जिदेऊ यसरी
निन्द्रामा मस्त भएकी मेरी मायालु तर्सने गरि..२
गर्जिदेऊ तिमी रातै थर्कने गरी
जब हास्छिन मेरी मायालु मेरो अंगालोमा परी
ए झरी नझरी देऊ यसरी
ए बिजुलि नचम्कि देऊ यसरी
मेरी मायालुको आँखा तिर्मिराउने गरि..२
चम्किदेऊन तिमी अन्धकार भाग्नेगरि
मेरी मायालुको हसिलो अनुहार देख्ने गरी
ए झरी नझरी देऊ यसरी..२
एकान्त यो रातमा मलाई पागल गरी
झरी देऊ तिमी सुश्तरी सुश्तरी
जब हुन्छिन् मेरी मायालु मेरो वरिपरि
ए झरी नझरी देऊ यसरी..२
No comments:
Post a Comment
http://www.facebook.com/prameshwor.sapkota