Wednesday, August 10, 2011

तिमिलाई

आफ्नै मूटु धितो राखी
माया मैले किनेको छु
जहा तिमीले काडां रोपेउ
त्याहा फूल सारेको छू

चाहांना त फरक फरक
तर आसा एउटै हाम्रो
विना सब्द सुनाई दिने
प्रितीको भाख राम्रो

अचानो र खुकुरी जस्तो
वेग्लाबेग्लै पिडा हाम्रो
नदि को दर्ूइ किनार जस्ते
भयो माया प्रिती हाम्रो

चाहानाको डोरी माथी
झूलूङ्गे पुल तरी सकेउ
बहानाको अनेकता मा
घाइते मलाई पारी हालेउ