उकालो बाटो ओरालो बाटो हिड्न लाई गार्हो छ
किसना जाति रहर छ माथि पुर्याउन गाह्रो छ
रिमिर झिमि वर्षो वेला हिड्न लाई गाह्रो छ
भेलर बाडि आयो अगाडि पार्रगर्न गाह्रो छ ।।
मनमा हर्स छ रतिभर पोख्नलाई गाह्रो छ
जिन्दगी हाम्रो आँधि र हुरी पार्रगर्न गाह्रो छ
असार मैना हिलोर आलि कोदालि उचाली
दुःख र कष्ट पीर र वेथा त्यसैमा वगाली ।।
तल्लो र माथिल्लो खेलका गरा हरीयै सपारी
मनको आसा वोकी भरोसा खोला लाई लछारी
धानका गाज पानिका माज थाम झौ गाँजेको
मनको पीर दुःख र कष्ट त्यसैमा माझेको ।।
असार आउँछ चरीले गाउँछ रस है भरेर
जिन्दगी छोटो गर्नु नै के छ जानु छ मरेर
तेरो र मेरो यति र उती सुनैकै भकारी
धानका दाना मुरी र माना सुन झौ सपारी ।।
काँधमा हलो मनमा भलो सवैको हितमा
आँखाको आसु सुबास र बासु खेतको आलिमा
गाउँछन् गीत लाएर मित सुरीलो भाकामा
असार आउछ चरीले गाउँ दुःख छ मनमा ।।
No comments:
Post a Comment
http://www.facebook.com/prameshwor.sapkota